इथियोपिया बाढीमा २० को मृत्यु
इथियोपिया - इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएको क्षेत्रीय सरकारले शनिबार बताएको छ ।
वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “बाढीमा अहिलेसम्म २० भन्दा धेरैको मृत्यु भइसकेको छ, १२ हजारभन्दा बढी विस्थापित भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “बढ्दो वर्षा र पूर्वानुमानले बाढीको खतरा उच्च रहेको देखाउँछ ।”
पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो । अल निनो विश्वभरमा बढ्दो गर्मीका साथै विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भीषण वर्षासँग सम्बन्धित प्राकृतिकरूपमा हुने ढाँचा हो ।
“सोमालियमा अक्टोबरदेखि डिसेम्बरसम्मको मनसुनको सुरुदेखि भीषण वर्षाका कारण आएको बाढीबाट १४ जनाको मृत्यु हुनुका साथै र कम्तीमा चार लाख पाँच हजार छ सय ५२ मानिस प्रभावित भएका थिए” ओसिएचएले शनिबार जारी गरेको एक प्रतिवेदनमा भनिएको छ, “बाढीको जोखिमबाट बच्नका लागि ४७ हजार एक सय मानिस उच्च स्थानमा सरेका छन् ।”
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया