गाजाको मानवीय संकट सम्बोधन गर्न चेतावनी दिँदै ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन
वासिंगटन डिसी - गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्धविरामको लागि आव्हान गर्दै शनिबार वासिंगटन डीसी र युरोपका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन्।
प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फबाट बोल्दै वक्ताहरूले गाजामा युद्धविराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्वजनिक रुपमा आव्हान गरेका थिए ।
नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झण्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो ।
वक्ताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई गाजाको संकटको प्रतिक्रियाको लागि आलोचना गरेका छन । उनीहरुले युद्धविरामको लागि बाइडेनले आव्हान गरेनन् भने २०२४ मा राष्ट्रपतिलाई समर्थन नगर्ने बताएका छन् ।
वासिङ्टनमा प्यालेस्टिनी समर्थक जुलुसको केही सातापछि यो र्याली निकालिएको हो । भीडले ह्वाइट हाउस र त्यसपछि फ्रिडम प्लाजामा मार्च गर्ने अपेक्षा गरिएको छ। कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया