विश्व

गाजाको शरणार्थी शिविरमा बिस्फोट, कम्तीमा ३३ जनाको मृत्यु

इकागज |
कात्तिक १९, २०८० आइतबार १०:४ बजे

गाजा - मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन् ।


देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताएअनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन । 

तर, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यस क्षेत्रलाई लक्षित गरेको हो कि भनेर गरिएको प्रश्नमा तत्काल कुनै टिप्पणी गरेको छैन् ।
 
डाक्टर अल डाकरानले धेरै पीडित महिला र बालबालिका रहेको र अस्पतालमा थप शव ल्याउने क्रममा मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् ।

 अल अक्सा अस्पतालमा खिचिएको भिडियोमा सेतो तार पाल मुनि राखिएको धेरै शव र पाँच बालबालिकाको देखाइएको छ।

अल मगाजी शिविरका निवासी जमाल अल अलौलले भने, हामी सुतिरहेका थियौं जब अचानक पूरै भवन हामीमाथि खस्यो।

 सो घर खस्दा आफ्ना दुई बालबालिकाको मृत्यु भएको उनले बताएका छन । उनले भवनमा धेरै मानिस रहेको र अरु कत्ति जनाको हत्या भएको छ ? त्यो अहिले नै एकिन गर्न नसकिने जनाएका छन् । 

‘मैले रातो बत्ती देखेँ, त्यसपछि हामी सोफामा हल्लिरहेका थियौं, मेरा सबै दिदीबहिनीहरू चिच्याइरहेको थिए, जब मैले आफूलाई जिउँदै पाएँ, मैले अझै पनि कोही जीवित छन् की भनी हेरेका थिएँ तर कोही जीवित थिएनन्,’  अर्का शिविर निवासी समह शाकौराले भने।

अल मगाजी शरणार्थी शिविर वादी गाजाको दक्षिण तटीय एन्क्लेभको मध्य भागमा अवस्थित छ। 

उता, इजरायली सेनाले गाजा शहर र उत्तरी गाजामा आफ्नो हवाई र जमिन आक्रमणलाई तीव्र पारेकोले गाजाका नागरिकहरूलाई वादी गाजाको दक्षिणतिर जान बारम्बार आह्वान गरिरहेको छ ।


Author

थप समाचार
x