विश्व

फिलिपिन्समा रेडियो प्रस्तोताको गोली हानी हत्या

इकागज |
कात्तिक १९, २०८० आइतबार १६:३० बजे

काठमाडौँ- फिलिपिन्समा एक रेडियो प्रस्तोताको गोली हानी हत्या गरिएको छ । ‘लाइभ प्रोग्राम’ संचालन गरिरहँदा प्रस्तोता जुआन जुमालोनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

डीजे जोनी वाकर नामले समेत चिनिने जुआनमाथि आफ्नै घरमा रहेको स्टुडियोबाट कार्यक्रम संचालन गरिरहँदा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।


फिलिपिन्सका राष्ट्रपति मार्को जुनियरले हत्याको निन्दा गरेका छन् ।

सन् २०२२ को जुनमा मार्को राष्ट्रपति भएयता फिलिपिन्समा ४ जना पत्रकारको हत्या भइसकेको फिलिपिन्सको नेसनल युनियन अफ जर्नालिस्टले उल्लेख गरेको छ ।


Author

थप समाचार
x