विश्व

गाजामा आणविक हमलाको धम्कीलाई लिएर हंगामा, अरब राष्ट्रहरु आक्रोशित

इकागज |
कात्तिक २०, २०८० सोमबार १९:४८ बजे

काठमाडौँ - हमाससँगको द्वन्द्वका बीच इजरायली मन्त्रीको भनाइलाई लिएर ठूलो हंगामा मच्चिएको छ ।

दक्षिणपन्थी पार्टीका सदस्य र इजरायली सरकारका मन्त्री अमिचाइ एलियाहुले हमास विरुद्ध गाजा पट्टीमा आणविक हतियारको प्रयोगको बारेमा कुरा गरेका छन्।


इलियाहु इजरायलका सम्पदा मन्त्री हुन्। उनी यहूदी शक्ति पार्टीका नेता हुन्।

उनले प्यालेस्टिनी चरमपन्थी समूह हमास विरुद्धको इजरायलको युद्धमा गाजा पट्टीमा आणविक हतियार खसाल्ने ‘एउटा बाटो’ रहेको बताएका थिए । 

यसलाई लिएर अरब देशहरूले कडा आपत्ति जनाएका छन् उनीहरुले संयुक्त राष्ट्रको आणविक हतियार अनुगमन निकाय (आइएइए) लाई 'हस्तक्षेप' गर्न आग्रह गरेका छन्। सिरिया, लेबनान र साउदी अरेबिया जस्ता देशहरूले उक्त बयानको कडा आलोचना गरेका छन् ।

अर्कोतर्फ, इजरायली सरकारले मन्त्री एलियाहुलाई मन्त्रिपरिषद् बैठकमा सहभागी हुनबाट प्रतिबन्ध लगाएको छ । 

सिरियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ,  'इजरायली सरकारको एक आतंकवादी' को बयानको 'कडा भर्त्सना गर्दछ जसमा उनले गाजामा आणविक बम खसाल्न सकिन्छु भनेका थिए।'

सरकारी समाचार एजेन्सी सानाका अनुसार विज्ञप्तिमा 'यो सरकारद्वारा गरिएको आतंकवादको प्रमाण र जातीय विभेदको चरम सीमा भएको उल्लेख गरिएको छ।'


Author

थप समाचार
x