विश्व

हिरासतमा रहेका ६० जना इजरायली बन्धक भागे : हमास

इकागज |
कात्तिक २१, २०८० मंगलबार ९:१३ बजे

तेल अहिव- गत अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणको क्रममा हमास लडाकुले २३९ इजरायली र विदेशी नागरिकलाई अपहरण गरेका थिए, जसमध्ये दुई अमेरिकी र दुई इजरायली बन्धक हमासले रिहा गरेका थिए । 

हमासले अहिले गाजामा इजरायली आक्रमणपछि आफ्नो हिरासतबाट ६० जना बन्धकहरू भागेको दाबी गरिरहेको छ। हमासले गत महिनाको अन्त्यमा आफूले अपहरण गरेका ५० जना इजरायली हमलामा मारिएको बताएको थियो ।


रोयटर्सका अनुसार अनुसार हमासको सैन्य शाखा अल कासिम ब्रिगेडका प्रवक्ता अबु उबैदाले हमासको टेलिग्राम च्यानलमार्फत हालै इजरायली आक्रमणमा ६० जना बन्धक बेपत्ता भएको जानकारी दिएका हुन् । प्रवक्ताले  भने, ‘बेपत्ता भएका ६० मध्ये २३ जनाको शव भग्नावशेषमा फसेको थियो ।’

यद्यपि रोयटर्सले यो बयानको पुष्टि भने गर्न नसकेको जनाएको छ । तर, अबु उबैदाले इजरायली आक्रमणका कारण हमासले अब बेपत्ता बन्धकसम्म पुग्न नसक्ने बताए । इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले हमासका प्रमुखलाई मार्ने वाचा गरेका छन् । यदि इजरायलले हमासको प्रमुख पत्ता लगाउन समय लियो भने जारी युद्ध पनि लम्बिने गाजाका नागरिकलाई बताएका छन् ।

उनका अनुसार इजरायलले गाजाका नागरिकहरूलाई दक्षिणमा पठाउन मानवीय करिडोर बनाउन चाहेको दाबी गरेको छ तर हमासले यो नचाहेको र उनीहरूले नागरिकहरूलाई ढालको रूपमा प्रयोग गरिरहेको छन् ।


Author

थप समाचार
x