पिठो सकिएपछि उत्तरी गाजाको सबै बेकरी पसल बन्द : संयुक्त राष्ट्र
गाजापट्टी- पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन् ।
त्यसमाथि इजरायली हमालका कारण क्षतिग्रस्त भएका कारण पनि बेकरी पसलहरू बन्द गरिएको छ ।
संयुक्त राष्ट्रले भनेको छ कि उत्तरको बजारमा गहुँको पीठो अब उपलब्ध छैन र सहायता संस्थाहरूले त्यहाँ सात दिनदेखि कुनै पनि खाद्यान्न वितरण गर्न असमर्थसमेत भएको छ।
गाजाको दक्षिणमा भने केवल ९ बेकरीहरू भने अझै खुला भइरहेका छन्, जसले पीठो र ईन्धन उपलब्ध भए पछि त्यहाँ आश्रयमा रहेकाहरूलाई रोटी प्रदान गर्ने गरेको छ ।
संयुक्त राष्ट्रको राहत एजेन्सीको यो अपडेट त्यसबेला आएको हो, जुनबेला गाजाको आन्तरिक मन्त्रालयले गाजा शहर र उत्तर गाजाका सबै बेकरीहरू सोमबार बन्द गरेको बताएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया