जर्मनीले संकटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने
जर्मनी - जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा गरेको छ ।
बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन खोजेको हो ।
आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनुमान गरेका छन् ।
चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे भने, “सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर छ । यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्नेछ ।”
सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १.५३७ सेन्ट प्रति किलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रति किलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ ।
रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया