विश्व

हमास र इजरायलबीच वार्ता सुरू

इकागज |
कात्तिक २५, २०८० शनिबार ८:५१ बजे

न्युर्योक- प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीचमा वार्ता सुरू भएको छ । 

न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुई वटा प्रस्तावहरू वार्ता गरिरहेको दाबी गरिरहेको जनाएको छ ।


सो समाचार अनुसार पहिलो चरणमा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्नेछन् ।

‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरू रिहा हुनेछन्,’ न्युयोर्क टाइम्सको समाचारमा उल्लेख गरिएको छ । 

अज्ञात इजरायली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् । 

‘इजरायली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईंमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने वातावरण बनाउने छ भने इजरायली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले भने । यद्धपी, इजरायली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् ।

उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।
 


Author

थप समाचार
x