अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाएपछि चीन आक्रोशित
ताइपेइ- चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ र त्यसमा कुनै पनि देशको हस्तक्षेप गरेमा चीन रिसाउँछ ।
अर्कोतर्फ, ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्दछ, जहाँ तिनीहरूको आफ्नै संविधान र एक निश्चित प्रक्रिया अन्तर्गत निर्वाचित नेताहरूको सरकार रहेका हुन्छन् ।
ताइवान अमेरिका र पश्चिमी देशहरूको लागि पनि धेरै महत्त्वपूर्ण छ । यसका पछाडि दुई वटा कारण छन् । पहिलो कारण यो हो कि भौगोलिक रूपमा, ताइवानलाई प्रशान्त महासागर क्षेत्रका धेरै टापुहरूमध्ये ‘पहिलो आइल्याण्ड चेन’ भनिन्छ । यदि चीनले ताइवान कब्जा गर्छ भने प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित हुनेछ । दोस्रो कारण ताइवानको बलियो अर्थतन्त्र पनि हो ।
ताइवानले विश्व अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ । यो देशमा बनेका चिप्सले विश्वको आवश्यकता पूरा गर्छ । विश्वभरका १३ देशहरूले ताइवानलाई छुट्टै राष्ट्र मान्छन् र यसको सार्वभौमसत्ताको सम्मान गर्छन् ।
हालै अमेरिकाले ताइवानलाई सैन्य हतियार किन्न ८ करोड डलर सहयोग गरेको थियो । अमेरिकाको यो निर्णयपछि चीनले आपत्ति जनाउँदै अमेरिकाको कडा निन्दा गरेको छ । ताइवानलाई दिएको अमेरिकी सहयोग ठूलो रकम नभए पनि चीनले यस विषयमा विश्वको ध्यानाकर्षण गराउने प्रयास गरिरहेको छ । यसअघि पनि ताइवानले अमेरिकालाई सैन्य हतियारका लागि १४ अर्ब डलरको अर्डर दिएको थियो ।
बीबीसीका अनुसार चीनले अमेरिकी सहायताको विरोध गरिरहेको छ किनभने अमेरिकाले ताइवानलाई ऋणको रूपमा होइन तर कुनै सर्त बिना आर्थिक सहायता दिइरहेको छ । अझ महत्त्वपूर्ण कुरा के छ भने अमेरिकाले आधिकारिक रूपमा ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको छ । अमेरिकाले ताइवानलाई सैन्य हतियारको माध्यमबाट चीनविरुद्धमा तयारी गरिरहेको विश्वास गरिन्छ ।
अमेरिकाले ताइवानलाई सहयोग पठाएको अभियानको नाम ‘विदेशी सैन्य वित्त’ हो । यस अभियानअन्तर्गत अमेरिकाले युक्रेनलाई चार अर्ब डलर सहयोग गरेको थियो । यसबाहेक अफगानिस्तान, इराक, इजरायल र इजिप्टलगायत धेरै देशहरूमा अरबौं डलर सैन्य सहायता पठाइएको थियो ।
बीबीसीका अनुसार अमेरिकाले ‘विदेशी सैन्य वित्त’ अन्तर्गत सहयोग पठाएका सबै देशलाई राष्ट्रसंघको मान्यता छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया