बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु
अबुजा नाइजेरियो- पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब एक सय जना सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिकासहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ ।
जाओन्गो गाउँ बोल्सा शहरबाट करिब ६० किलोमिटर टाढा छ । घटनाको कारण र संलग्नताबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । अभियोजक साइमन ग्यानोउले बताए अनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन ।
बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ । सैन्य अधिग्रहणपछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।
विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौं नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।
एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग “युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।
अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए । रासस/एएनआई
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया