विश्व

चीन-अमेरिका वार्ता

दुई कारणले देख्छन् अमेरिकी राष्ट्रपति बाइडन चिनियाँ राष्ट्रपति सीलाई 'तानाशाह'

इकागज |
कात्तिक ३०, २०८० बिहीबार ९:४० बजे

अमेरिका- अमेरिकी राष्ट्रपति जो बाइडनले आफना चिनियाँ समकक्षी सी चिनफिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् ।

अमेरिकामा समकक्षी चिनफिङसँग भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै बाइडनले चिनफिङलाई ‘तानाशाह’ भन्दै टिप्पणी गरेका हुन् । 


सीएनएनका अनुसार बाइडनले आफ्नो अघिल्लो टिप्पणी ‘तानाशाह’लाई दोहोर्‍याएका छन् । उसका अनुसार बाइडनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पुनः ‘तानाशाह’ भनेका छन्, त्यो पनि दुई नेताले शिखर सम्मेलनको लागि भेटेको केही घण्टापछि नै । यद्धपी, बाइडनले दुई देशबीचको वार्तालाई ‘सबैभन्दा फलदायी वार्ता’को रूपमा वर्णन भने गरेका छन् । 

सीएनएनको एमजे लीले सोधेका थिए- ‘यदि राष्ट्रपतिले सीलाई विगतमा जस्तै 'तानाशाह'को रूपमा वर्णन गर्नुहुन्छ ?’ जवाफमा बाइडनले भने- ‘हेर्नुहोस्, उहाँ हुनुहुन्छ ।’ उनले अगाडि भने- ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनी कम्युनिस्ट भएको देश चलाउने नेता हुन् र त चिनियाँ सरकार हाम्रोभन्दा पूर्ण रूपमा फरक छ ।’ 

बाइडनले यसअघि क्यालिफोर्नियामा भएको एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सीलाई पहिलो पटक ‘तानाशाह’सँग तुलना गरेका थिए किनभने उनले फेब्रुअरीमा चिनियाँ बेलुनलाई अमेरिकी लडाकु विमानहरूले खसालेको भन्ने बिवाद बाहिरिएको बेला यस्तो टिप्पणी गरेका थिए ।

र, यो पनि


Author

थप समाचार
x