विश्व

गाजामा थप दुई इजरायली सैनिक मारिए

इकागज |
मंसिर १, २०८० शुक्रबार ७:३२ बजे

फाइल तस्बिर

तेलअहिव- गाजामा थप २ इजरायली सैनिक मारिएका छन् । 

थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन् । 


इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरेदेखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो । 

इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।


Author

थप समाचार
x