हमासले नै बन्दी नोआ मार्सियानोलाई मार्यो : इजरायल
तेलअहिव- इजरायलले बन्दी नोआ मार्सियानोको मृत्युको बारेमा हमासको दाबी अस्वीकार गरेको छ ।
इजरायली हवाई हमलामा मृत्यु भएको हमासको दाबीलाई अस्वीकार गरेको हो । बरू इजरायलले हमासलाई गाजाको सबैभन्दा ठूलो अस्पतालमा बन्दी नोआ मार्सियानोको हत्या गरेको आरोप लगाएको छ ।
इजरायलका सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार भनेको छ कि खुफिया जानकारी अनुसार १९ वर्षीय नोआ मार्सियानोलाई हमासले अल सिफा अस्पतालमा लगेको र सुविधाभित्र मारिएको देखाएको छ।
‘त्यहाँ लगेर उनको हमास आतंकवादीले हत्या गरेको थियो’ हगारीले भनिन् ।
'प्याथोलोजी रिपोर्टले निर्धारण गर्यो कि मार्सियानो इजरायली हमलामा घाइते भए तापनि उनलाई जीवन जोखिममा चोट लागेको थिएन' हागारीले भनिन् ।
हमासले गत हप्ता मार्सियानो इजरायली हवाई हमलामा मारिएको र टाउकोमा घाउबाहेक कुनै देखिने चिन्ह नभएको उनको शव देखाएको भिडियो जारी गरेको थियो ।
हमासले हगारीको टिप्पणीलाई तुरुन्तै प्रतिक्रिया दिएन तर पहिले भने कि यसले केही बन्दीहरूलाई उपचारको लागि अस्पतालमा लगेको छ ।
इजरायली सेनाले हमासको भनाइलाई ‘भ्रामक र गलत’ भन्दै अस्वीकार गरेको छ कि हमास समूहले नेपाली र थाई नागरिकलाई बन्दी बनाउन अल सिफा अस्पताल प्रयोग गरेको थियो।
इजरायली सेनाले जारी गरेको सीसीटीभी भिडियोमा पुरुषहरूको समूहले एक व्यक्तिलाई अस्पतालमा लैजाँदै गरेको देखाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया