गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण, १२ प्यालेस्टाइनीको मृत्यु
गाजा - मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।इजरायली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।
विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरायली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।
हालको हमास-इजरायल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरायली आक्रमणमा परेका छन् ।
एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो । द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया