प्यालेस्टाइनी बालबालिका र सर्वसाधरणको हत्या निन्दनिय : महासचिव गुटेर्रेस
फाइल तस्बिर
न्युयोर्क- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइनमाथि इजरायली हमलाले सर्वसाधरण मारिएकोमा निन्दा गरेका छन् ।
अल जजिराको एक प्रश्नको जवाफ दिँदै एन्टोनियो गुटेर्रेसले इजरायलले गाजामा गरेको बमबारीमा हजारौं नागरिकको ज्यान गएकोमा निन्दा गरेका हुन् ।
संयुक्त राष्ट्र प्रमुखले भने ‘यो स्पष्ट छ कि केही हप्तामा हजारौं बालबालिका मारिएका छन् ।’
संयुक्त राष्ट्र संघमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘यो महत्वपूर्ण कुरा हो, म महासचिव भएदेखि कुनै पनि द्वन्द्वमा अतुलनीय र अभूतपूर्व भएको सर्वसाधारणको हत्या देखिरहेका छौं ।’
गुटेर्रेसको पहिलो पाँच वर्षे कार्यकाल जनवरी २०१७ मा सुरु भएको थियो ।
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५ हजार ५ सय बालबालिकासहित १३ हजार मानिस मारिएका छन् ।
इजरायली घेराबन्दीमा रहेका प्यालेस्टाइनी अधिकारीका अनुसार गाजा क्षेत्रमा मानवीय संकट डरलाग्दो छ, त्यहाँ तत्काल युद्दबिरामको आवाश्यक परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया