हुथी बिद्रोहीले अपहरण गरेको कार्गो जहाज भारत आउँदै छ ?
नयाँदिल्ली- यमनका हुथी विद्रोहीले अपहरण गरेको विमान भारत आउँदै गरेको खुलेको हो ।
टर्कीबाट भारत आउँदै गरेको एउटा जहाज आइतबार अपहरण गरेको भारतीय मिडियाले जनाएका छन् ।
रेड सीमा बन्धक बनाएको ६२० फिट अग्लो कार्गो जहाजको नाम ग्यालेक्सी लिडर हो र यसमा २५ जना चालक दलका सदस्य रहेका छन् ।
घटना हुनुअघि हुथी समूहले इजरायली जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । हुथी विद्रोहीका प्रवक्ताले इजरायलको तर्फबाट यात्रा गर्ने सबै जहाजलाई निशाना बनाइने बताएका छन् ।
तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त जहाज आफ्नो नभएको र जहाजमा इजरायली वा भारतीय नागरिक नभएको बताएका छन् । कतारी मिडिया हाउस अलजजिराका अनुसार यो कार्गो जहाज बेलायतको हो र जापानी कम्पनीले सञ्चालन गरिरहेको थियो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार बहामासको झण्डामुनि यात्रा गर्ने जहाज बेलायती कम्पनीको नाममा दर्ता भएको हो। इजरायली व्यापारी अब्राहम उनगर यसको आंशिक शेयरधारक हुन्। हाल यो जापानी कम्पनीलाई भाडामा दिइएको थियो।
इजरायली विदेश मन्त्रालयका अनुसार जहाजमा युक्रेन, बुल्गेरिया, फिलिपिन्स र मेक्सिकोका नागरिक रहेका छन् । योसँगै इजरायली प्रधानमन्त्रीको कार्यालयले यसलाई आतंकवादी घटना भन्दै इरानलाई दोष दिएको छ ।
उही समयमा हुथी सेनाका प्रवक्ता याह्या सारीले भनेका छन् कि उनीहरूले जहाजमा रहेका सबै बन्धकहरूलाई इस्लामिक सिद्धान्त र विधिका साथ ह्यान्डल गरिरहेका छन्। उनीहरुले फेरि लाल सागरमा इजरायली जहाजलाई निशाना बनाउने धम्की दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया