इजरायली आक्रमणमा दक्षिणी लेबनानमा २ पत्रकार र १ जना नागरिकको मृत्यु
फाइल तस्बिर
बेरुत- दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुई जना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ ।
स्थानीय टिभी च्यानल अल-मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुई वटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ ।
नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एक जना नागरिक पनि मारिएको बताएको छ । रासस-सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया