विश्व

समयपूर्व जन्मिएको शिशुकी आमा भन्छिन्- ‘मलाई डर छ, मेरा बच्चा बम बिष्फोटमा मर्नेछन्’

इकागज |
मंसिर ६, २०८० बुधबार ९:४० बजे

इजिप्टले सोमबार गाजापट्टीबाट रफाह क्रसिङ हुँदै समयपूर्व जन्मिएका २८ शिशुहरू प्राप्त गरेको छ । एक शिशुकी आमाले द्वन्द्वको समयमा आफूले गरेको संघर्षको पीडा र अनुभव सुनाइन् । इजरायल र हमास द्वन्द्वमा नै आफ्ना छोराछोरीको मृत्यु हुने डर उनलाई छ ।

द्वन्द्वको तेस्रो दिन हमासबाट दक्षिणतिर सर्न बाध्य भएपछिको पीडा सुनि नसक्नु छ । आक्रमणकारीले आफूलाई निवास छोड्न आदेश दिएपछि सो स्थानमा बिष्फोट गरेको र आफ्नो घर र सम्पती सबै गुमेको उनले बताइन् ।


उनले भनिन्, ‘म अल–शिफा अस्पताल गएँ । हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू (इजरायल) बम बिस्फोट गर्नेछन् । अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन् ।’

'दस दिनअघि, डाक्टरहरूले मेरो समयपूर्व जन्मिभएको छोरीलाई अक्सिजनबाट निकाले र तिनलाई खुवाउन र स्वस्थ वजन बढाउन मद्दत गर्ने प्रयास गरे । यी दश दिनहरूमा, तिनीहरू (इजरायली सेना)ले अस्पताललाई घेरे र कुनैपनि आपूर्ति र उपकरणहरू प्रवेश गर्नबाट रोके' उनले भनिन् 'जब मेरो बच्चाको अवस्था बिग्रियो, डाक्टरहरूले उसलाई फेरि अक्सिजन दिए ।'

'उनको अवस्था त्यहाँका बालबालिकाहरूमध्ये सबैभन्दा गम्भीर थियो । जब म राफा क्रसिङमा आइपुगेँ, प्रक्रिया सरल थियो । तिनीहरूले मलाई यहाँ (इजिप्टमा) अस्पताल आउन भने । म केही घण्टापछि यहाँ आइपुगेँ र इजिप्टका जनताले न्यानो स्वागत गरे । म मेरा तीन छोराछोरीबाट अलग भएँ । मसँग उनीहरूलाई अँगालो हाल्ने समय थिएन । मैले अलविदा भनेको छैन । म मेरो छोरीलाई बचाउन गएँ, जो डरलाग्दो अवस्थामा थियो' उनले भनिन् 'मलाई डर छ कि, मेरा छोराछोरीहरू बम बिस्फोटमा मर्नेछन् । गाजामा बालबालिका र महिलाहरू मरिरहेका छन्। जब हामी बिस्थापित र भट्किरहेका थियौं, मलाई र बच्चाहरूलाई चिसो जाडोबाट जोगाउने केही थिएन, पाल पनि थिएन ।’सिन्ह्वा


Author

थप समाचार
x