विश्व

भारतमा एक युवकले आफ्नै घाँटी काटेर मातालाई बलि दिएपछि...

इकागज |
मंसिर ८, २०८० शुक्रबार ९:० बजे

नयाँदिल्ली- झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपिठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । 

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।


त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।

वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । झाँसी सहरको मानसिल माता मन्दिर र प्रहरी चौकी बरुसागरमा एक व्यक्तिले देवीलाई बलि चढाएको घटनामा घाईते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन् ।

युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।


Author

थप समाचार
x