'बन्धकहरुको स्वागत गर्न तयारी अवस्थामा छौं'
काठमाडौँ - इजरायली रक्षा बलले गाजामा बन्धकहरुको स्वागत गर्न तयारी अवस्थामा रहेको जनाएको छ । रक्षा बलले सामाजिक सञ्जाल एक्समा लेख्दै गाजाबाट इजरायल फर्किएपछि रिहा गरिएका बन्धकहरूलाई स्वागत गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
रक्षा बलले सरकारी मन्त्रालय र सुरक्षा निकायसँगको समन्वयमा रिहा गरिएका बन्धकहरूलाई छिट्टै प्राप्त गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएको छ ।
'हामीले उनीहरूको स्वागतका लागि धेरै स्थानहरू तयारी अवस्थामा राखेका छौं, जसमा आवश्यक चिकित्सा प्रावधानहरु समावेश छन्। प्रारम्भिक स्वागत र चिकित्सा उपचारपछि, उनीहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गरिनेछ', रक्षा बलले भनेको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरी युद्धको सुरुवात गरेको थियो । विभिन्न देशको सहयोगमा हमास र इजरायलबीच युद्धविराम भएपछि हमासले बन्धक बनाइएकाहरुको रिहा गर्ने भएको छ । हमासले विभिन्न देशका २ सय ५० व्यक्तिहरुलाई बन्धक बनाएको इजरायलले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया