विश्व

इजरायलले पनि रिहा गर्‍यो ३९ प्यालेस्टाइनी बन्दी

इकागज |
मंसिर ९, २०८० शनिबार १४:१७ बजे

तेल अहिव- हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ ।

कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै एक अर्काले बन्दी रिहाइ गरेका हुन् ।


उनीहरूमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।

२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको छ । त्यसपछि इजरायलको जेल सेवाका अनुसार उनीहरूलाई घर फर्कन अनुमति दिइने छ।

बन्दीहरूलाई इजरायलले संकलन गरेको तीन सय महिला र नाबालिगहरूको सूचीबाट छनोट गरिएको थियो ।

सूचीमा रहेका एक चौथाइभन्दा कम दोषी ठहरिएका छन्, धेरै जसोलाई ट्रायलको पर्खाइमा रिमान्डमा राखिएको छ । सूचीबद्ध तीमध्ये अधिकांश किशोर केटाहरू छन्, जो ४० प्रतिशत त १८ वर्षमुनिका छन् । त्यहाँ एक किशोरी र ३२ महिलाहरू पनि छन् ।


Author

थप समाचार
x