८ वर्षपछि रिहा भइन् प्यालेस्टाइनी मराह, भन्छिन् : धेरै जना मारिएपछि रिहा भयौँ
गाजा- हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।
उनीहरूमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।
२४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको थियो ।
रिहा भएका महिलामध्ये एक हुन् मराह बेकीर । उनी शुक्रबार राति जेरुसेलमको बेट हानिनामा रहेको आफ्नी आमाको घर पुगेकी थिइन् ।
उनी २०१५ मा पक्राउ परेकी थिइन्, जब उनी १६ वर्षकी थिइन् । र, सीमा प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेको आरोपमा साढे आठ वर्षको जेल सजाय सुनाइएको थियो ।
मराहले पर्खिरहेका पत्रकारहरूलाई भने, ‘यो सम्झौता धेरै मानिसहरूको मृत्युपछि आएको हो र यसले हामीलाई दुखी र असहज बनाउँछ ।’
‘सम्झौताको समाचार एक आश्चर्य थियो,’ उनले थपिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया