कतारको सहयोगमा गाजामा थप दुई दिन युद्धविराम
गाजा- कतारले इजरायल र हमाससँग मिलेर चार दिने युद्धविराम लम्ब्याएको छ ।
सफलतापूर्वक एक सम्झौता वार्ता पिछ दोहाको विदेश मन्त्रालयका प्रवक्ताले उनीहरूबीच थप दुई दिन युद्धविराम लम्बाउने सहमति भएको जानकारी दिएका छन् ।
‘कतार राज्य यो घोषणा गर्दछ कि हाल चलिरहेको युद्धको मध्यस्थताको एक भागको रूपमा गाजा पट्टीमा मानवीय युद्धविराम थप दुई दिनको लागि लम्ब्याउन एक सम्झौता भएको छ,’ प्रवक्ता माजिद अल अन्सारी ट्विटरमा पोस्ट गर्दै भनेका छन् ।
जसको मतलब कम्तिमा पनि १० इजरायली बन्धकहरूलाई मंगलबार र अर्को १० लाई बुधबार रिहा गरिनेछ । यससँगै इजरायलले हरेक दिन ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।
युद्धविराम विस्तारको तत्काल इजरायली पुष्टि नभएपनि हमासले एक विज्ञप्ति जारी गरी यसको पुष्टि गर्दै कतार र इजिप्टको मध्यस्थता प्रयासलाई जिम्मेवार ठहराएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया