अमेरिकी राष्ट्रपति बाइडन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने
फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् ।
दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडन सहभागी नहुने भएका हुन् ।
बिहीबार सुरु हुन लागेको कोप २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएका बेला राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा भने यो साता उनीहरू दुबई जाने उल्लेख गरिएको छैन ।
राष्ट्रपति बाइडन र उपराष्ट्रपति ह्यारिस सहभागी नहुने भएपछि अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया