हमासले बन्दी बनाएको ठानिएका तीन सैनिकको मृत्यु भएको पुष्टि
फाइल फोटो
तेल अभिव - हमासले बन्दी बनाएको ठानिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको इजरायली रक्षा बल (आइडीएफ) ले बुधबार जनाएको छ ।
आइडीएफका अनुसार उनीहरूको शव हमासले गाजा लगेको थियो ।
आईडीएफ प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेपछि पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास (२०), सार्जेन्ट किरिल ब्रोडस्की (१९) र सार्जेन्ट शाकद दहन (१९) लाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया