विश्व

इजरायलद्धारा ३३९० जना वेस्ट बैंकमा लुकेका प्यालेस्टाइनी पक्राउ

इकागज |
मंसिर १५, २०८० शुक्रबार १०:४१ बजे

गाजा- वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाई पक्राउ गरेको छ । 

इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर ३३९० जना प्यालेस्टिनीहरूलाई नियन्त्रणमा लिएको हो । 


प्यालेस्टिनी कैदी समाज र नजरबन्दी मामिला आयोगले एक संयुक्त वक्तव्य जारी गरी यो जानकारी दिएको हो । उनीहरूका अनुसार यो संख्यामा रातारात इजरायली छापा मारेर पक्राउ परेकाहरूलाई समावेश गरिएको छैन।

गत बुधबार र बिहीबार मात्रै कम्तिमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

सो समूहका अनुसार सो क्रममा इजरायली सेनाहरूले व्यापक यातना र क्रूर कुटपिटको कार्य गरेको छ, साथै वेस्ट बैंकमा प्यालेस्टिनीहरूको घरहरू तोडफोड र विनाश गरेको छ।


Author

थप समाचार
x