विश्व

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

इकागज |
मंसिर १५, २०८० शुक्रबार १५:३ बजे

बैंग्लौर- कर्नाटकको राजधानी बेंगलुरुमा १५ वटा विद्यालयमा बम विष्फोट गर्ने धम्की दिने इमेल आएपछि आतंक मच्चिएको छ ।

सो धम्कीपछि ती विद्यालयका विद्यार्थी र शिक्षकमा त्रास फैलिएको छ । यी मध्ये एउटा विद्यालय कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारको घरको अगाडि अवस्थित छ । डीके शिवकुमारले पत्रकारलाई भने, ‘म टिभी हेर्दै थिएँ, मेरो घरको छेउमा रहेको स्कुललाई पनि धम्कीको मेल आयो । म यहाँ छानबिन गर्न आएको हुँ ।’


यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो र बमको धम्की आएको विद्यालयमा बम डिस्पोजल टोली पठाइएको छ । यो धम्की पाएका विद्यालयहरूमा ह्वाइटफिल्ड, कोरमंगला, बसवेशनगर, यालहंका र सदाशिवनगरका विद्यालयहरू पर्छन् । प्रहरीले घटनाको गम्भीरता बुझेर खोजी अभियान सुरु गरेको छ ।

बेंगलुरुका धेरै विद्यालयमा बम विस्फोट गर्ने धम्की पाएपछि कर्नाटकका मुख्यमन्त्री सिद्धरा मैयाले भने, ‘पुलिसले छानबिन गर्नेछ र मैले उनीहरूलाई त्यसो गर्न निर्देशन दिएको छु । सुरक्षा उपायहरू लिइएका छन् र अभिभावकहरूले आत्तिनु पर्दैन । विद्यालयको निरीक्षण र सुरक्षा व्यवस्था बढाउन प्रहरीलाई निर्देशन दिएको छु । प्रहरी विभागबाट प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।’

राष्ट्रिय गृहमन्त्री जी परमेश्वरले भने, ‘हामी इमेलको स्रोत प्रमाणित गर्दैछौं । यसलाई गम्भीरतापूर्वक लिएका छौं । मैले प्राथमिकताका आधारमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’ एजेन्सी


Author

थप समाचार
x