विश्व

पेरिसको आइफल टावर नजिकै चक्कु र हथौडा प्रहारबाट एकको मृत्यु

इकागज |
मंसिर १७, २०८० आइतबार १२:१० बजे

काठमाडौँ - पेरिसको आइफल टावर नजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

मध्य पेरिसको एक सडकमा चक्कु र हथौडा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले एक आक्रमणकारीले एफिल टावर नजिकै रहेको क्वाई डे ग्रेनेल वरपरका पर्यटकहरूलाई निशाना बनाएको बताए। 

सुरक्षा सेवामा काम गरेका २६ वर्षीय फ्रान्सेली नागरिकलाई पक्राउ गरिएको उनले बताए। 'निजले एक पर्यटक दम्पती नजिक गएर एक जर्मन नागरिकलाई छुरा प्रहार गरेका थिए', उनले भने ।  

त्यसपछि ती व्यक्तिलाई पुलिसले पछ्यायो । टावर​को नजिक रोकिनु अघि अन्य दुई जनालाई उनले हथौडाले आक्रमण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले आक्रमण गर्नु अघि अरबीमा 'अल्लाहु अकबर' भनेर कराएका थिए । 
 
घाइतेहरूको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x