विश्व

'हाईकिङ'मा गएका १८० विद्यार्थीले बाटो भुलेपछि...

इकागज |
मंसिर १७, २०८० आइतबार १३:१४ बजे

फाइल तस्बिर

कोलम्बो - श्रीलंकाको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताए अनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन्।

ती विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।


हान्थाना, श्रीलंकाको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो। यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।


Author

थप समाचार
x