इरानले भन्यो : इजरायली युद्ध अपराधले क्षेत्रीय द्वन्द्व बढाउँदैछ
तेहरान- प्यालेस्टाइनी भूमिमा इजरायलको आक्रमण जारी राखे क्षेत्रीय द्वन्द्व बढ्ने चेतावनी दिइएको छ । इरानका विदेश मन्त्रीले इजरायलले प्यालेस्टाइनीहरू विरुद्धको युद्ध अपराध बन्द नगरे गहिरो क्षेत्रीय द्वन्द्व हुने चेतावनी दिएका हुन् ।
‘यदि गाजा र वेस्ट बैंकमा इजरायली शासनद्वारा गरिएका युद्ध अपराधहरू रोकिएन भने यस क्षेत्रमा युद्धको दायरा अझ गहिरो र विस्तार हुने सम्भावना छ,’ विदेश मन्त्री हुसेन अमीराब्दुल्लाहियानले शनिबार ईयू विदेश नीति प्रमुख जोसेप बोरेलसँगको फोन वार्तामा भने ।
अमीराब्दुलाह हियनले इजरायलको प्यालेस्टिनीहरूलाई जबरजस्ती उनीहरूको भूमिबाट हटाउने योजना र अभ्यासहरूको निन्दासमेत गरेका छन्, गाजामा इजरायली सैन्य आक्रमणहरू जतिसक्दो चाँडो रोक्नको आवश्यकतामा रहेकोमा पनि उनको जोड छ ।
स्मरण होस, इरान समर्थित हिजबुल्लाह र हुथीहरूले गाजामा जारी युद्धमा सक्रिय भूमिका खेलेका छन् ।
अक्टोबर ७ देखि हिजबुल्लाहले सीमामा इजरायली स्थानहरूमा लगभग दैनिक रकेट आक्रमणहरू चढाएको छ, जबकि हुथीहरूले लाल सागरमा इजरायली-सम्बन्धित जहाजहरूलाई निशाना बनाइरहेका छन् । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया