जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने घोषणा
टोकियो- जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोकाअनुसार किशिदाले पार्टीको चौथोँ ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् ।
यसअघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह)को नेताबाट राजीनामा दिने अभ्यास थियो । किशिदा भने सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भएतापनि गुटको नेताको रूपमा अझै सक्रिय छन् । , २१ मङ्सिर, (रासस-सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया