विश्व

किन रोए उत्तर कोरियाली नेता किम जोङ ?

इकागज |
मंसिर २३, २०८० शनिबार ९:३२ बजे

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उन रोएको भिडियो सार्वजनिक भएको छ ।

उनले आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो । सो क्रममा उनले महिलालाई बढी सन्तान जन्माउन आग्रहसमेत गरेका छन् ।


सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी तल हेरेर आँसु पुछिरहेको देखिन्छ । कार्यक्रममा उपस्थित दर्शकमाझ धेरैले आँसु बगाएको पनि देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत आइतबार प्योङयाङमा आमाहरूका लागि आयोजित एक कार्यक्रममा किमले भने, ‘जन्मदरमा आएको गिरावटलाई रोक्न र बच्चाहरूको राम्रो हेरचाह गर्नु हाम्रा सबै गृहकार्यका जिम्मेवारीहरू हुन्, जुन हामीले आमाहरूसँग काम गर्दा सम्हाल्नुपर्छ ।’ उनले राष्ट्रिय शक्तिलाई सुदृढ गर्नका लागि आमाहरूलाई पनि धन्यवाद दिए ।

किमले सो क्रममा भने ‘जब मलाई पार्टी र राज्यको काम गर्न गाह्रो हुन्छ, म सधैं आमाको बारेमा सोच्दछु ।’

संयुक्त राष्ट्र जनसंख्या कोषले अनुमान गरेको छ कि २०२३ सम्म उत्तर कोरियामा प्रजनन दर वा महिलाबाट जन्मने बच्चाहरूको औसत संख्या १.८ हुनेछ । यो पछिल्ला दशकहरूमा प्रजनन दरमा देखा परेको ठूलो गिरावट हो ।


Author

थप समाचार
x