सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन जापानी पूर्व सैनिकहरू दोषी ठहर
काठमाडौँ - जापानको एक अदालतले महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन पूर्व सैनिकलाई दोषी ठहर गरेको छ । शुतारो शिबुया, अकितो सेकिन र युसुके किमेजावालाई फुकुसिमाको अदालतले मंगलबार दोषी ठहर गरेको हो ।
अदालतले उनीहरुलाई दुई वर्षको निलम्बित सजाय सुनाएको छ ।
२४ वर्षीया रिना गोनोईले २०२२ मा युट्युबमा आफ्नो कथा राख्दा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएपछि यो ऐतिहासिक फैसला आएको हो । फुकुशिमाका वकिलहरुले गोनोईको कथा सुनेपछि मार्चमा तीन व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेका थिए ।
अगस्ट २०२१ मा, तीन पुरुष सहकर्मीहरूले सुश्री गोनोईलाई यौन दुर्व्यवहार गरेका थिए । उनले बीबीसीलाई बताएअनुसार अन्य एक दर्जन सहकर्मीहरु त्यहाँ रहेपनि कसैले उनीमाथि दुर्व्यवहार नगर भनेनन् । उनले माथिल्लो दर्जामा रहेकालाई घटनाबारे जानकारी गराएपनि साक्षी नहुँदा कुनै सुनुवाइ भएन ।
जापान एक गहिरो रूढिवादी समाज हो जहाँ यौन हिंसा विरुद्ध बोल्न निषेधित छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया