विश्व

सन् २०२४ मा सातवटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रूस

इकागज |
मंसिर ३०, २०८० शनिबार १९:३५ बजे

फाइल तस्बिर

मस्को- ​रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताएका छन् । 

रूसबाट प्रकाशित रेड स्टारसँगको अन्तर्वार्तामा काराकायेभले पछिल्लो पाँच वर्षमा रूसी सेनाले प्रशिक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए  । 


काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् ।

उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ । सिन्ह्वा


Author

थप समाचार
x