युक्रेनले इयु सदस्यताका लागि अझै २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक
कीभ- युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।
'आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्ने छौं । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं,' सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।
त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताएका छन् । सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया