विश्व

इजरायलको दाबी - हमासको सबैभन्दा ठूलो सुरुङ भेटियो

इकागज |
पुस २, २०८० सोमबार ११:४७ बजे

काठमाडौँ - इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । इजरायली सेना आईडीएफका अनुसार सुरुङ चार किलोमिटरसम्म फैलिएको छ ।

सामाजिक सञ्जाल एक्समा भिडियो सेयर गर्दै आईडीएफकाले भनेको छ, 'यो क्रसिङबाट मात्र ४ सय मिटर दूरीमा छ। इरेज क्रसिङमार्फत, गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन्। गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।'


यसअघि शुक्रबार इजरायली सेनाले गाजामा जारी अपरेसनका क्रममा आफ्ना तीन जना नागरिकलाई गल्तीले गोली हानेर मृत्यु भएको थियो ।

इजरायली सेनाले यो गल्तीप्रति खेद प्रकट गरेको छ ।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म १८ हजारभन्दा बढी मानिस मारिएको र हजारौं घरवारविहीन भएको बताएको छ।

इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ। इजरायलले हमासलाई खतम नगरुन्जेलसम्म आक्रमण जारी राख्ने बताएको छ।


Author

थप समाचार
x