मध्यरातमा चीनमा भूकम्प, १११ जनाको मृत्यु
काठमाडौँ- चीनमा गएराति गएको भूकम्पले एक सयभन्दा बढीको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १११ जनाको मृत्यु भएको छ ।
२२० जना घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । गान्सुमा १०० जनाको ज्यान गएको र ९६ जना घाइते भएको र छिङहाइमा ११ जनाको ज्यान गएको र १२४ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।
बीबीसीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)लाई उदृत गर्दै ५.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने सिन्ह्वा, रोयटर्सलगायतले ६.२ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेका छन् ।
केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ ।
भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको चिनियाँ राष्ट्रपति सी चिनफिङले वक्तव्यमार्फत जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
गत सेप्टेम्बरमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया