विश्व

इजरायली सेनाले प्यालेस्टाइनीको हत्या गरेको आरोपमा राष्ट्रसंघद्‌वारा छानबिनको माग

इकागज |
पुस ६, २०८० शुक्रबार ७:३४ बजे

न्युर्योक- संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरूलाई मृत्युदण्ड दिएको भन्दै छानबिन गर्न माग गरेको छ ।

राष्ट्र संघीय मानव अधिकार कार्यालयले इजरायली सेनाले गाजामा कम्तिमा ११ प्यालेस्टाइनी पुरूषहरूलाई सम्भावित युद्ध अपराध गरेको भन्दै मृत्युदण्ड दिएको आरोपमा स्वतन्त्र छानबिनको लागि आह्वान गरेको हो ।


मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (ओएचसीएचआर)ले एक विज्ञप्ति जारी गर्दै, ‘इजरायली अधिकारीहरूले तुरुन्तै यी आरोपहरूमा स्वतन्त्र, पूर्ण र प्रभावकारी अनुसन्धान स्थापना गर्नुपर्दछ र यदी प्रमाणित भएको पाइयो भने जिम्मेवारहरूलाई न्यायको कठघरामा ल्याउनुपर्छ र त्यस्ता गम्भीर उल्लङ्घनहरूलाई पुनरावृत्ति हुनबाट रोक्नको लागि उपायहरू लागू गर्नुपर्दछ ।'


Author

थप समाचार
x