युद्ध समाप्त नभएसम्म बन्धकहरूलाई रिहा नगर्ने हमासको घोषणा
काठमाडौँ - हमासले युद्ध समाप्त नभएसम्म बन्धकहरूलाई रिहा नगर्ने बताएको छ ।
हमासले इजरायल 'आक्रमणको पूर्ण अन्त्य' गर्न सहमत नभएसम्म थप बन्धक रिहाइलाई अस्वीकार गरेको हो ।
हमासले यस महिनाको सुरुमा भएको युद्ध विराम पछि एक सय भन्दा बढी बन्धकहरूलाई मुक्त गरेपछि इजरायलले दुई हजार भन्दा बढी हमास लडाकुहरूलाई मारेको बताएको छ।
७ अक्टोबरमा इजरायलबाट अपहरण गरिएका करिब १२० जना अझै गाजामा बन्धक छन् ।
गाजामा युद्ध जारी छ । इजरायलले गाजाको उत्तर र दक्षिणमा बमबारी गरिरहेको छ र हमासले तेल अवीवमा रकेटहरू प्रहार गरेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया