विश्व

अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

इकागज |
पुस ७, २०८० शनिबार १०:३० बजे

वासिङ्‌टन डिसी- अमेरिकाले वार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पुर्‍याएको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो । 


अब अमेरिकाले वार्षिक सैन्य खर्चमा ८८६ बिलियन अमेरिकी डलर खर्च गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिए) गत हप्ता कंग्रेसमा पारित गरेको थियो । अमेरिकी सिनेटले ८७ देखि १३ को बलियो द्वि–दलीय बहुमतका साथ कानूनलाई अनुमोदन गरेको हो ।


Author

थप समाचार
x