हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो
गाजा - प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन ।
गत ७ अक्टुबरबाट सुरू भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।
गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको हो ।
इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवार बसिरहेको घरमा बमबारी गरेपछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया