विश्व

बढ्दो वायु प्रदूषणसँगै दिल्लीमा सवारी साधन र निर्माणमा प्रतिबन्ध

इकागज |
पुस १०, २०८० मंगलबार १३:५८ बजे

फाइल तस्बिर

भारत- बढ्दो वायु प्रदूषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एक पटक सवारी साधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ ।

शनिबारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्यूआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिबन्ध लगाइएको बताए ।


संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैरआवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपाङ्ग्रे सवारी साधनहरू चलाउन प्रतिबन्ध लगाइएको छ । सिन्ह्वा


Author

थप समाचार
x