विश्व

गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

इकागज |
पुस १२, २०८० बिहीबार १३:३९ बजे

गाजा - गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको जानकारी दिए । 


उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । यसैबीच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधबार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गरेका छन् । 


Author

थप समाचार
x