विश्व

सात वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु, ५७ घाइते

इकागज |
पुस १३, २०८० शुक्रबार १०:१९ बजे

काठमाडौँ - टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । 


राज्य सञ्चालित टीआरटी प्रशारककाअनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो । राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीन वटा बस र एउटा ट्रकसहित सात वटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए । 

दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो । साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताए । 


Author

थप समाचार
x