विश्व

रुसी अदालतद्वारा पुटिनका आलोचक नाभाल्नीका सहयोगीलाई नौ बर्ष जेल सजाय

इकागज |
पुस १४, २०८० शनिबार ८:५१ बजे

किभ - रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ ।

साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल पठाइएको उनको कानुनी टोलीले जनाएको छ। उनी युक्रेन युद्धका क्रममा पक्राउ परेकी पछिल्लो रुसी विपक्षी व्यक्तित्व हुन्।


‘न्यायाधीश खुद्याकोभले केसेनिया फदेयेभा विरुद्ध ९ वर्षको सजायको आदेश दिएका छन्,’ फडेयेभा समर्थकहरूले सामाजिक सञ्जाल साइट टेलिग्राममा भनेका छन्, ‘र यो सजायको पुनरावेदन गरिनेछ।’

रूसी अधिकारीहरूले नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेशनलाई २०२१ मा अतिवादीको रूपमा तोकेका थिए । रूस सरकारले प्रभावकारी रूपमा यसलाई प्रतिबन्ध लगाएको मात्रै होइन,  यसका सदस्यहरूलाई बिभिन्न अभियोग लगाइ सो फाउन्डेसनका सदस्य कतिपयलाई कडा कारबाहीसमेत गरिएको छ ।

फदेयेवाले संगठनको स्थानीय अध्यायको नेतृत्व गरेका थिइन  २०२० मा उनी टम्स्क नगरपालिका काउन्सिलमा निर्वाचित भइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारका विरोधीहरूका लागि उल्लेखनीय विजयको रूपमा हेरिएको थियो । सो निर्वाचनमा ठूलो मात्रामा चुनावबाट प्रतिद्वन्द्वीहरूलाई रोक्नका लागि पुटिनको सरकारले खोजेको थियो।

यद्यपि भ्रष्टाचार विरोधी फाउन्डेसनले गैरकानुनी घोषणा गरेपछि उनलाई डिसेम्बर २०२१ मा इन्टरनेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । र, उनी अक्टोबरदेखि घरमै नजरबन्दमा छिन्।
 


Author

थप समाचार
x