गाजा युद्धमा ५०७ इजरायली सैनिकको मृत्यु, २ हजार २६५ घाइते
तेलअहिव- पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन् ।
इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।
सेनाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २ हजार २६५ जना घाइते भएका छन् ।
अक्टोबर ७ बाट सुरू भएको आक्रमणपछि कम्तिमा ९८३ सैनिक घाइते भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया