हमासका नेतालाई लडाकु विमानले मारेको दाबी
बेरूत- लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु विमानबाट प्रहार भएको मिसाइलबाट मारिएको दाबी गरिएको छ ।
हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि मंगलबार साँझ दक्षिणी बेरुत नजिकैको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा अल अरौरी मारिएको लेबनानी मिडियाले जनाएको थिए ।
तर इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै येडियोथ अहरोनथ अखबारले इजरायली लडाकु विमानबाट प्रहार गरेको ६ गाइडेड मिसाइलले अल अरौरी मारिएको दाबी गरिएको छ ।
सो दैनिकले एक अज्ञात लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि-‘६ वटा निर्देशित मिसाइलहरू प्रहार गरिएको थियो, जसमध्ये दुई वटा अल अरौरी बस्ने भवनमा खसेका थिए।’
प्रत्येक मिसाइलको तौल १०० किलोग्राम रहेको पनि सो पत्रिकाले उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया