विश्व

जर्मनको अस्पतालमा आगलागी: एक जनाको मृत्यु, कैयौं घाइते

इकागज |
पुस २०, २०८० शुक्रबार १५:५९ बजे

जर्मन - जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।  

'बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्' स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


प्रहरीका अनुसार आगलागी राति १० बजेर ४५ मिनेटमा भएको थियो  ।  आपतकालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फैलिएको थियो भने तल धुवाँको मुस्लोले भरिएको देखिन्थ्यो ।

भवनबाट उद्धारको लागि याचना गरिरहेका थिए । आगो नियन्त्रणमा आउँदासम्म अस्पताल खाली गरिएको प्रहरीले जनाएको छ । 

अधिकारीहरूले आगलागीको कारणको बारेमा अनुसन्धान सुरु गरेका छन् । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
 


Author

थप समाचार
x