विश्व

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

इकागज |
पुस २०, २०८० शुक्रबार २१:३ बजे

जकार्ता- इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुईवटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन् । दुईवटा रेलका  कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् । 


घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई जनाकारी दिएका छन् । घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ । सिन्ह्वा


Author

थप समाचार
x